मकवानपुरको ८ स्थानीय तहमा अक्सिजन सहितको आईशोलेसनको ब्यवस्था

बैशाख, हेटौंडा – कोरोना भाईरसको दोश्रो कहरले नेपाललाई प्रभाव पार्न थालेपछि मकवानपुरमा भने अक्सिजन सहितको आइसोलेसन वार्डको तयारी सुरु भइसकेको    छ । मकवानपुरको १० स्थानीय तहमध्ये ८ वटा तहमा अक्सिजन सहितको आईसोलेशनको ब्यवस्थापन भइसकेको र एक स्थानीय तहमा भने एकहप्ता भित्र स्थापना भइसक्ने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए । कोभिडको सन्दर्भमा मकवानपुरको तयारीबारे भएको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख खुलालले कोरोना संक्रमण रोक्न करिब तयारी पुरा भएको बताए । कोरोनाको संक्रमणमा परेकाहरुलाई आइसोलेशनमा राख्नको लागि हेटौँडा उपमहानगरपालिकाले १ सय २० बेडको आइसोलेशन वार्ड गौरीटारमा स्थापना गरेको...