रजिष्टार प्रसाईले श्रीमतीलाई बनाए कार्यालय सहायक

असोज, हेटौंडा – मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले आफ्नो पदको दुरुपयोग गर्दै प्रतिष्ठानको कर्मचारीमा आफ्नै श्रीमतिलाई नियुक्त गरेका छन् । प्रदेश लोकसेवा आयोग मार्फत कर्मचारी नियुक्ती गर्नुपर्ने प्राबधान मिचेर प्रसाईले आफ्नै श्रीमती कमला प्रसाई निरौलालाई कार्यालय सहायकमा नियुक्त गरेका हुन् । झापा मेची नगरकी प्रसाईलाई नियुक्ती गर्दा हेटौँडा मकवानपुरका ईश्वर सिलवाल बैकल्पिकमा परेका छन् । प्रसाईले आफु अन्तरबार्तामा नबसेको र अन्तरवार्ता छनौट कमिटिले योग्यताकै आधारमा छनौट गर्दा आफ्नी श्रीमति छानिएको दाबी गरे । प्रतिष्ठानले विभिन्न पदमा १४ जना कर्मचारी नियुक्ती गरेको छ । प्रदेश लोक सेवा...