राक्सिराङ्गमा मोतियाबिन्दु बिरामीको निशुल्क शल्यक्रिया

असार, हेटौडा (राक्सिराङ्ग) – मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा मोतियाबिन्दु लागेका ७० जनाको शल्यक्रिया गरिएको छ । गाउँपालिकाको विभिन्न वडामा भएको आँखा शिविरबाट मोतियाबिन्दु लागेको बिरामीहरुको आइतबार चैनपुरमा रहेको प्रजा जागृति माध्यमिक बिद्यालयमा निशुल्क आँखाको शल्यक्रिया गरिएको हो । राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लले मोतियाबिन्दु बिरामी ९५ बर्षिय मन्जुरीमाया प्रजालाई लेन्स हस्तान्तरण गरेपछि शल्यक्रिया शुरुभएको थियो । शिविरमा ५ सय ७८ जनाले आँखाको परिक्षण गरिएको थियो भने ८५ जनाको मोतिबिन्दु फेला परेको र सम्पर्कमा आएको ७० जनाको शल्यक्रिया भएको हेटौडा सामुदायिक आँखा अस्पतालका कार्यक्रम संयोजक डा. सुशील कुमार सिंहले जानकारी दिनुभयो।...