रुसले उत्तर कोरियालाई २५ हजार टन गहुँ पठायो

जेठ २, एजेन्सी – रुसले मानवीय सहायताको रुपमा उत्तर कोरियालाई २५ हजार टन गहुँ सहयोग गरेको छ । उत्तर कोरियाको प्योंगयांग स्थित रुसी दुताबासले यस सम्बन्धि जानकारी दिदै बन्दरगाह भन्दा अलग ठाउमा समान झारिएको र जहाज चालक दलका सदस्यहरुलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिएको छ । संयुक्त राष्ट्र संघको गत अप्रिलमा प्रकाशित एक रिपोर्टमा उत्तर कोरियामा करिब एक करोड जनता भोकमरीमा पर्न सक्ने चेतावनी दिइएको थियो । तर यो स्पष्ट भएको छैन कि उत्तर कोरियामा खाध्य आपूर्तिको कमि कोरोना भाइरसको कारणले भएको हो वा उत्पादन नै कम भएर हो ।...