सलह सिद्रा माछाभन्दा पोषिलो हुन्छ – कृषिविद राई

असार, काठमाडौं – भारतको बिहार र उत्तर प्रदेश हुँदै सलहको बथान नेपाल छिरेपछि यसलाई नियन्त्रण गर्ने उपायबारे अहिले अनेक बहस भइरहेका छन्। कृषि मन्त्रालयले नेपालमा सलह आउँदै नआउने दाबी गरिरहेका बेला शनिबार बारा, सर्लाही, रुपन्देही र कपिलवस्तुसहितका जिल्लामा सलहको ठूलो समूह देखियो। उक्त समूहले अन्यत्र भन्दा रुपन्देहीमा केही बढी क्षति गरेको बताइएको छ। सलहको समूह दक्षिणबाट उत्तरतर्फ चलिरहेको हावाको बेगसँगै शनिबार राति नै पहाडी जिल्लामा पुगेको छ। भारतमा रहेको सलहको बथानमा थोरै मात्रामा नेपाल छिरेकाले क्षति कम गर्ने दाबी कृषि मन्त्रालयले गरेको छ। प्रदेश ५ सरकारले त शनिबारै सलह...