राजस्व नबुझाई बुद्धचित्तको दाना लैजाने चार जना पक्राउ

असार, सुनपाती – रामेछापको सुनापति गाउँपालिकाबाट राजस्व नबुझाई अवैध रुपमा काभ्रेतर्फ लैजादै गरेको ३५ किलो बुद्धचित्तको दाना प्रहरीले पक्राउ गरेको छ । सुनापति गाउँपालिकामा उत्पादित बुद्धचित्तको दाना राजश्व नबुझाई निकासी गर्ने क्रममा प्रहरीले खाँडादेवी गाउँपालिका–१ को खैरेनीघाट नाकाबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी लुभुघाटबाट खटिएको संयुक्त टोलीले खैरेनीघाट नाकामा चेकजाँच गर्ने क्रममा बुद्धचित्तको दाना बरामत गरेको थियो । बुद्धचित्तको माला सहित दुई वटा मोटरसाइकलसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध रुपमा लैजादै गएको सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा ३५ किलो बुद्धचित्तको दाना...