संबिधानमा उल्लेख भएको अधिकार अनुसार पुर्जा वितरण गरिएको हो – मन्त्री श्रेष्ठ

चैत्र, हेटौडा (बागमती) – भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले संबिधानमा लेखिएको अधिकार जनतालाई दिने प्रतिबद्धता अन्तर्गत भुमिहिनलाई पुर्जा बितरण कार्य गरिएको बताउनुभएको छ । मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिकामा भूमिहिन दलित तथा सुकुम्बासीलाई जग्गा धनी प्रमाण पूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । जनताले बलिदानी दिएर ल्याएको अधिकार स्वरुप प्राप्त संबिधानमा उल्लेख भएको अधिकार जनतालाई बितरण गर्न कसैले रोक्न नसक्ने बताउदै मन्त्री श्रेष्ठले ४ महिनामा २० हजार भुमिहिन जनतालाई जग्गाको लालपुर्जाधनी प्रमाणपत्र बितरण गरिएको जनाउनुभयो । संबिधान बनेर सरकार बनिसकेपछी तत्कालै हुनुपर्ने...