खुवाको ‘हब’ बन्दै चुच्चेखोला

असार, हेटौडा – हेटौँडा–६ चुच्चेखोलाका कृष्णप्रसाद तिमल्सिनाले खुवा व्यवसाय गर्न थालेको ४४ वर्ष भयो । हेटौँडाको पहिलो खुवा घोट्ने व्यवसायीका रूपमा परिचित तिमल्सिनाले २०३६ सालदेखि यो पेसा सुरु गर्नु भएको हो । उमेरले लगभग ८० वर्ष टेकिसक्नु भए पनि तिमल्सिनाको खुवा घोट्ने जोस जाँगर अझै पनि घटेको छैन । उहाँ अहिले पनि बिहान ५ बजेदेखि राति ९ बजेसम्म खुवा घोट्नमै व्यस्त हुनुहुन्छ । खुवा घोटेर परिवार पालनपोषणसँगै तिमल्सिनाले यही पेसाबाट कमाएको रकमले आफ्ना तीन छोरा र एक छोरीलाई अध्यापनसँगै जग्गाजमिन जोड्न समेत सफल हुनु भएको छ । इच्छाशक्ति भयो...