राक्सिराङ्गका कृषकलाई उन्नत जातका बोयर बोका

हेटौडा, (राक्सिराङ्ग) – राक्सिराङ्ग गाउँपालिकाले कृषकहरुलाई ११ वटा बोयर बोका वितरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमका बीच शुक्रबार विभिन्न वडाका ११ जना कृषकलाई ११ वटा उन्नत जातिको बोयर बोका वितरण गरिएको हो । व्यावसायिक पशुपालन प्रबर्द्धन कार्यक्रम अन्तर्गत गाउँपालिकाको विभिन्न वडाका ११ जना कृषकलाई बोयर बोका वितरण गर्नु हुँदै गाउँपालिका अध्यक्ष राज कुमार मल्लले व्यावसायिक रुपमा बाख्रा पालन गरे स्थानीय सरकारले पूर्णरुपमा सहयोग रहने बताउनुभएको छ। वडाको माग अनुसार मौरी, चिउरी, गाई लगायतका विभिन्न कृषिमा निर्भर हुने आयमुलक कार्यमा सहयोग रहने बताउनुभयो। हाम्रो क्षेत्रमा बाख्रा पालनको लागि राम्रो...