मनहरीका दुई वडा बालविवाह मुक्त वडा घोषणा हुँदै
जयराम मोक्तान, २३ जेठ । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाका २ वटा वडालाई बालविवाह मुक्त वडा घोषणा गरिने भएको छ । गाउँपालिकाको वडा नम्बर ८ र ९ लाई यहि जेठ २६ गते संयुक्त रुपमा बालविवाह मुक्त वडाका रुपमा घोषणा गर्न लागिएको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले जानकारी दिईन् । कार्यक्रमको तयारीका लागि सरोकारवालाहरु बिहीबार छलफल समेत भएको छ । छलफलमा घोषणा कार्यक्रम सफल बनाउनका लागि विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी समेत बाँडफाँड गरिएको छ । । जेठ २६ गते बिहान मनहरी बजारको पुलबाट बाजागाजा सहित विभिन्न चेतना मुलक प्ले कार्ड सहितको र्याली...