प्रदेशमा समायोजन हुने प्रहरीको बढुवा नहुने
काठमाडौं – प्रदेशमा समायोजन हुने प्रहरीले बढुवा हुन नपाउने भएका छन् । गृह मन्त्रालय सहमत नहुँदा समायोजन हुने प्रहरी बढुवाबाट वञ्चित भएका हुन् । राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको नेपाल प्रहरीलाई संघ र प्रदेशमा समायोजन गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको छ । लामो समयको रस्साकस्सीपछि बढुवा नगर्ने सहमति जुटेको हो । अधिकांश सांसदले प्रदेशमा समायोजन हुने प्रहरी निरीक्षक सम्मलाई एक तह बढुवा गर्नुपर्ने प्रस्ताव गरेका थिए । तर गृहसचिव प्रेमकुमार राईले आफ्नो अड्डी नछाडेपछि सांसद सहमतिमा आउन बाध्य भएका हुन् । प्रहरीलाई बढुवा गर्ने बितिकै निजामती...