जलकुम्भी आदेशहरु

जब धूवाँको उडाइसँगै छोटिँदै–छोटिँदै अन्तिम सर्को मात्र बाँकी रहुन्जेल औँलाको चेपमा झुन्डिएको चुरोटलाई देख्छु, लाग्छ त्यो चुरोटभन्दा फरक छैन हाम्रो जीवन । खै केको केको कापमा अल्झिएको छ । त्यसैगरी बिस्तारै–बिस्तारै सकिँदै, छोटिँदै जाँदैछ, क्रमिक रुपमा । एकदिन, अर्को दिन अनि अर्को दिनहरु, हप्ताहरु हुँदै, महिनाहरु र वर्षहरु हुँदै समयको उमेर बढेको बढेकै छ, आफ्नै रफ्तारमा । हामी समयको ठिक विपरीत घटेको घटेकै छौं, प्रत्येक पल प्रत्येक सेकेन्डसँगै । चुरोटको छोट्याइजस्तै जीवन । यही छोटो जीवन पनि आफ्नो शैलीमा बाँचांै भन्यो, बनै ढाक्ने बनमारा जत्तिकै झ्याङ्गिएर हामीलाई चारैतिरबाट बेरिदिन...