फोक्सो रोगी थिङलाई बचाउन हेटौंडामा ‘लाइफ पार्टनर’को बिशेष प्रदर्शन हुने
असोज, हेटौडा – काभ्रेको खानीखोला गाउँपालिका-७ बस्ने ३० वर्षीय फोक्सो रोगी रुपेश थिङको उपचार सहयोगार्थ कालिदेवी मिडिया हाउसको ब्यानरमा निर्मित चलचित्र ‘लाइफ पार्टनर’ (जिन्दगीको साथी) हेटौंडामा प्रदर्शन हुने भएको छ । थिङ विगत चार महिनादेखि दायाँपट्टिको फोक्सोमा रगत जमेर फोक्सो सुकेको र नाकबाट रगत बगिरहने स्वास्थ्य समस्याबाट पीडित भई उपचाररत रहेको छ । चलचित्र प्रदर्शनपश्चात प्राप्त रकम हाल गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचाररत थिङको उपचारका लागि प्रदान गरिने प्रदर्शन टिमले जनाएको छ । कालिदेवी मिडिया हाउसको मुख्य पहलमा थिङको उपचार सहयोगार्थ उक्त चलचित्र हेटौंडामा प्रदर्शन गर्न...