झप तालमा रेकर्ड भयो, तामाङ गीत ‘सेम स्हु’ (भिडियो)
असार, काठमाण्डौ – तामाङ संगीतमा सेला विट र समला तालमा गीत सुन्दै आएका स्रोताका लागि ‘सेम स्हु’ ले सुनौलो आयाम थपि दिएको छ । तामाङ संगीतमा प्राय सेला विट सुन्दै आएका दर्शकका लागि सेम स्हुले विल्कुलै नयाँ पन र संगीतको रसस्वादन गर्ने छ । नयाँ पुस्ताका लोकप्रिय संगीतकार तथा गायक जोगलाल लामाले नेपाली संगीतको झप तालमा तामाङ भाषाको पहिलो गीत रेकर्ड गरेका हुन् । उनकै स्वरमा रेकर्ड भएको सो गीतमा अर्का प्रसिद्ध संगीतकार तथा गायक अमृत लामाको संगीत र पवन वाङ लामाले एरेन्ज गरेका छन् । कुमार बम्जनले लेखेको...