‘नेपाली चेली’ पहिलाेपटक इंग्ल्यान्डको राष्ट्रिय टिममा
असोज १७, काठमाडौँ – बेलायती सेनामा गोर्खा पल्टनका रिटायर्ड अमृत आलेकी यी १७ वर्षीया छोरी अस्मिता आले इंग्ल्यान्डको कुनै पनि तहको राष्ट्रिय टिममा छनोट हुने पहिलो नेपाली मूलकी खेलाडी हुन् । तनहुँ, दमौलीका अमृत परिवारसहित सन् १९९४ बाट इंग्ल्यान्डमै बसोबास गर्छन् । उतै जन्मिएकी अस्मिता इंग्ल्यान्डको यू–१९ टिममा छनोट भएकी हुन् । अस्मिता आलेलाई इंग्ल्यान्ड यू–१९ टिममा बोलाइयो । घरेलु डिफेन्डर यूईएफए वुमेन्स यू–१९ च्याम्पियनसिप छनोटको पहिलो चरणमा साइप्रस, बेलारुस र सर्बियाविरुद्ध यो महिना सहभागी हुनेछिन् । इंग्ल्यान्डको क्लब एस्टन भिल्ला महिला टिमको फेसबुक पेजमा मंगलबार अपलोड गरिएको अस्मिता...