पेट्रोलियम खपत २० प्रतिशत घटाउने विकल्पबारे कार्यदलले अध्ययन गर्दै

चैत्र, काठमाण्डौ – अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियमको मूल्य बढ्दै गएपछि खपत घटाउने विभिन्न विकल्पमा सरकारले अध्ययन सुरू गरेको बताएका छन् । अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले इन्धन खपत २० प्रतिशत घटाउन सार्वजनिक विदाको दिन सरकारी गाडी नचलाउने र सार्वजनिक विदा थप्ने विषयमा मन्त्रिपरिषदमा प्रस्ताव लगिएको जानकारी दिए। सार्वजनिक विदा बढाएर दुई दिन गर्नेबारे गृहकार्य भइरहेको कुरा यसअघि नै आएको थियो । मन्त्रिपरिषदमा छलफल क्रममा रहेको उक्त प्रस्तावमाथि मुख्य सचिव नेतृत्वको कार्यदलले अध्ययन गरिरहेको पनि अर्थमन्त्री शर्माले बताएका छन्। पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले व्यापार घाटा र...