९ महिनामा ६ खर्ब ५३ अर्ब रेमिट्यान्स

काठमाडौं – वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले चालू आर्थिक वर्षको ९ महिनामा ६ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ बराबरको रेमिट्यान्स पठाएका छन् । गएको आवको तुलनामा चालू आवको नौ महिनामा २० दशमलव नौ प्रतिशतले रेमिट्यान्स वृद्धि भएको हो । अघिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स पाँच दशमलव ६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा भएको मूल्य वृद्धिले विप्रेषण आप्रवाह नौ दशमलव पाँच प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.६ प्रतिशतले बढेको थियो । नौ महिनाको अवधिमा खुद...