नेपालमा विदेशीले पनि बैंकमा खाता खोलेर मुद्दती निक्षेप राख्न पाउने

भदौ १९, काठमाडौं – विदेशीले पनि अब नेपालमा खाता खोलेर विदेशी मुद्रा मुद्दती निक्षेपमा राख्न पाउने भएका छन् । तर यस्तो विदेशी मुद्राको मुद्दती निक्षेप कम्तिमा २ वर्षको हुनुपर्नेछ । यस्ता खालको खाता विदेशी संस्था र गैरआवासीय नेपालीले खोल्न पाउने नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तो खाता दुई वा दुई भन्दा बढी विदेशी सस्था र गैरआवासीय नेपालीले संयुक्त रुपमा पनि खोल्न पाउनेछन् । यस्तो खाता खोल्न नेपाल सरकारबाट जारी भएको गैर आवासयि नेपालीको परिचयपत्र हुनुपर्नेछ । र यो परिचयपत्र नविकरण गरेको हुनुपर्नेछ । विदेशी निक्षेपकर्ताको हकमा संस्थाको सञ्चालक...