नारायणी बहुउद्देश्यीयको २५ औं साधारणसभा सम्पन्न, अध्यक्षमा गुरुङ चयन
मंसिर, हेटौडा – हेटौडाको नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमितिले पूर्णता पाएको छ । २५ औं साधारणसभाबाट अध्यक्ष सहित ३ पदमा सर्वसहमत भएपनि बाँकी १० पदमा निर्वाचन भएको हो । १३ सदस्यीय कार्यसमितिको अध्यक्षमा जंगबहादुर गुरूङ, सचिवमा नारायण प्रसाद खतिवडा, सह-सचिवमा ज्ञानेन्द्र अधिकारी सर्वसहमत चयन भएका थिए । शनिबार भएको निर्वाचन मार्फत् उपाध्यक्षमा रामचन्द्र दाहाल तथा सदस्यहरुमा गोमादेवी पौडेल, ईन्दिराकुमारी काफ्ले, बिमल घिमिरे, नरेन्द्र भण्डारी, टिकाप्रसाद भट्टराई, रामचन्द्र अर्याल, नकुलप्रसाद अधिकारी, दिपक खड्का र सुन्दर न्यौपाने चयन भएका छन् । त्यस्तै, लेखा समितिको संयोजकमा धर्मराज मिश्र तथा सदस्यहरू...