किशोरीहरुका लागि २ दिने आत्मरक्षा तालिम

असार, हेटौडा – “सृजनशीलता र उद्यमशीलता प्रवर्द्धन: बागमतीमा युवा सशक्तिकरण” भन्ने मुल नाराका साथ जिल्ला युवा समिति, मकवानपुरले २ दिने महिला आत्मरक्षा तालिम सम्पन्न गरेको छ । किशोरीहरुका लागि २ दिने आत्मरक्षा तालिम असार ७ गतेबाट शुरु भई ८ गते सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि ललित बहादुर घलानले २ दिनको कार्यक्रमबाट आफूमा क्षमता वृद्धि र आफूलाई कसरी सुरक्षित राख्ने सम्बन्धि तालिमले जीवन उपयोगी रहने बताउनुभयो । कार्यक्रमका सभाध्यक्ष जिल्ला युवा समिति, मकवानपुरका अध्यक्ष सुमन पाख्रीनले यस कार्यक्रमले दिएको आत्मरक्षा तालिम जिवनमा उपयोग गर्नुहुनेछ भन्ने आशा गरेका छौं...