नेपालद्वारा खाडीमुलुकको ६२ कम्पनीमा रोजगारीमा जान रोक

काठमाडौ– नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय बैदेशिक रोजगार बिभागले युएई, कतार, साउदी र मलेसियाको ६२ कम्पनीमा नेपालीलाई रोजगारीमा जान तथा श्रम स्वीकृति दिन रोक लगाएको छ । बिभागले सबैभन्दा बढी मलेसियाका कम्पनीहरुमा जान रोक लगाएको छ । मलेसियाका मात्र ५२ कम्पनी बिभागको ब्ल्याक लिस्टमा परेको छ । मलेसिया पछी साउदीका ५ कम्पनीलाई बिभागले समस्या ग्रस्त मानेर ब्याण्ड गरेको छ । त्यस्तै कतारका ३ कम्पनी र युएईका २ कम्पनीलाई ब्याण्ड गरिएको छ । बिभागले यस अघि पनि बिभिन्न देशका ५२ कम्पनीमा जान नेपालीलाई रोक लगाएको थियो । बिभागले विदेश...