मकवानपुरे पत्रकारले प्रशासनमा धर्ना दिने

हेटौंडा – नेपाल पत्रकार महासंघ मकवानपुरले आज बिहान जिल्ला प्रशासन कार्यालय मकवानपुरमा धर्ना दिने भएको छ । पत्रकार महासंघको संघिय सर्कुलर अनुसार देशभरीका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम अनुसार मकवानपुरमा पनि एक घण्टा धर्ना दिने भएको हो । विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेकोले उक्त दफाको खारेजीको माग राख्दै धर्ना दिन लागिएको महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंले बताउनुभयो । नेपाल पत्रकार महासंघले देशभर आन्दोलन गर्ने बुधबारको निर्णय गरेसंगै देशैभरीका पत्रकार आन्दोलनमा उत्रिएका हुन् । पत्रकारलाई विद्युतीय कारोबार ऐन उक्त दर्फा...