काँग्रेसको भ्रातृ संगठन नेपाल ट्रेड युनियनले श्रमिक दिवस भब्य मनाइने

हेटौडा – १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउनका लागि नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल ट्रेड युनियन काँग्रेस मकवानपुरले मूल समारोह समिति गठन गरेको छ । नेपाल ट्रेड युनियन काँग्रेस मकवानपुरको मंगलबार बसेको बैठकले जिल्ला अध्यक्ष यमबहादुर श्रेष्ठको अध्यक्षतामा दुईसय ५१ सदस्यीय मूल समारोह समिति गठन गरेको हो । श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा नेपाल ट्रेड युनियन काँग्रेस ३ नम्बर प्रदेशका कार्यवाहक अध्यक्ष घनश्याम चापागाईं, श्रम मजदुर विभाग प्रमुख हरि वाग्ले, प्रदेश उपाध्यक्षद्वय वीरेन्द्र लामा तथा कुमार पौडेल तथा सल्लाहकार रमेशध्वज कार्कीलगायत सहभागी थिए । बैठकबाट उपाध्यक्ष शर्मीला श्रेष्ठको संयोजकत्वमा मञ्च...