मजदुरलाई गाउँपालिकाद्वारा सुरक्षा सामग्री
हेटौडा (मनहरी) – निर्माणको क्षेत्रमा काम गरिरहेका मजदुरहरुलाई मनहरी गाउँपालिकाले १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अबसरमा एक कार्यक्रमका बीच सुरक्षा सामग्री प्रदान गरेको छ । मनहरीमा नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियनले आयोजना गरेको कार्यक्रममा सुरक्षा सामग्री प्रदान गरेका हुन् । गाउँपालिकाको तर्फबाट बिनियोजित बजेटबाट मजदुरहरुलाई सुरक्षा सामग्री बितरण गरिएको युनियनका अध्यक्ष गोविन्द घलानले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष उप्रेतीले मजदुरको पक्षमा मनहरी गाउँपालिका सदैब अघि बढ्ने बताए । उनले आफू पनि कृषि मजदुर भएको र सहकारीकर्मी समेत भएको नाताले मजदुरहरुलाई आर्थिक रुपमा सन्तुष्ट पार्नका...