टिभिएसको ईलेक्ट्रिक स्कुटर आईक्युब हेटौंडामा

हेटौंडा । १५ मंसिर/टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले इलेक्ट्रिक स्कुटर आईक्युब हेटौंडामा उपलब्ध गराएको छ । बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक स्कुटर आईक्युब गत भदौमा काठमाण्डौमा भएको नाडा अटो सोमा लन्च भएको थियो । ४.६ किलोवाटको शक्तिशाली हब माउन्टेन मोटरद्धारा सञ्चालित टिभिएस आईक्युबले ७८ किलोमिटर प्रति घण्टाको टप स्पिड दिनुका साथै ४.२ सेकेन्डमा ४० किलोमिटरसम्मको एक्सलेरेसन दिन्छ । आईक्युबले सिङ्गल चार्जमा १०० किलोमिटरको रेन्ज प्रदान गर्दछ । ४.५ घण्टामा ८० प्रतिशतसम्म चार्जिङ टाईम रहेको आईक्युब स्कुटरको ६५० वाटको पोर्टेबल क्यारी चार्जर रहेकोछ । उक्त चर्जरबाट कुनैपनि ५ एम्पीयर...