वर्षमान पुन ‘अनन्त’ भोली हेटौंडा आउने

पुष, हेटौंडा – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ पुस २ गते सोमवार (भोली) हेटौंडा आउने भएका छन् । “जनतासँग माओवादी विशेष रूपान्तरण अभियान“ अन्तर्गत नगरस्तरीय स्कुलिङ कार्यक्रममा प्रशिक्षण दिन उनी हेटौंडा आउन लागेका हुन । प्रमुख वक्ताको रुपमा उनी हेटौंडा आउन लागेको नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगर समिति अध्यक्ष तिर्थ बहादुर थापाले जानकारी दिए । प्रशिक्षण कार्यक्रममा उपमहासचिव अनन्तले कम्युनिष्ट आन्दोलनको इतिहास र कार्यदिशा, माओवादी केन्द्रका केन्दीय सदस्य एवं बागमती प्रदेश सरकारका मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार डिपी ढकालले राजनीतिक अर्थशास्त्र, केन्द्रीय सदस्य एवं विद्यार्थी नेता...