आत्मलोचना पछि केएमसीको विवाद समाधान

पुष, काठमाडौं – काठमाडौं मेडिकल कलेजको विवाद समाधान भएको छ । आचरण विपरित कार्य गरेको भन्दै कलेज प्रशासनले एक महिना निलम्बन गरिएका आवासिय चिकित्सक डा.विशद दाहालले आत्मलोचना गरेपछि विवाद समाधान भएको हो । आज कलेजका तर्फबाट सहायक प्राचार्य डा.पावना कायस्थ तथा कलेजका आन्दोलनरत आवासिय चिकित्सकहरुका तर्फबाट प्रतिनिधित्व गर्ने डा.बिजय केसीविच सहमति भई विवाद समाधान भएको हो । डा.विशद दाहालले विगतका कमीकमजोरी स्वीकार्दै आत्मलोचना गरेपछि काठमाडौं मेडिकल कलेजले उनको निलम्बन समेत फिर्ता लिएको छ । आज बसेको वार्तामा दुई पक्षविच कलेजले सञ्चालन गर्ने निःशुल्क स्वास्थ्य शिविरलाई व्यवस्थित र सहज रुपमा...