इन्जिनियरिङका विद्यार्थीहरुले पाए अन्तराष्ट्रियस्तरको पीएलसी र स्काडाको तालिम
माघ, काठमाडाैं – नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई समय अनुसार पाठ्यक्रम र सीपको विकास गर्ने उद्देश्यले अन्तराष्ट्रिय स्तरको तालिम दिएकाे छ । कलेजकाे इलेक्ट्रिकल एण्ड इलेक्ट्राेनिक्स तथा इलेक्ट्राेनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ विभागकाे अन्तिम सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुलाई अन्तराष्ट्रिय स्तरको पीएलसी र स्काडाको एक महिने तालिम दिइएकाे हाे । दक्ष जनशक्ति उत्पादन हुन इन्डष्ट्रि र एकेडेमियाको उत्तिकै भूमिका रहेको हुँदा पाठ्यक्रममा समावेस नभए पनि समयको माग र बजारलाई हेरेर नन-क्रेडिट कोर्षको रुपमा तालिम अगाडी बढाइएको कलेजका कार्यवाहक प्राचार्य दुर्गा प्रसाद भण्डारीले बताए । विद्यार्थीहरूलाई विषयगत ज्ञानमा अझ पाेख्त बनाउनका लागि कलेजले तालिम...