नेपालभर ‘आदिपुरुष’ को प्रदर्शन रोक्ने निर्णय
असार, काठमाडौं – चलचित्र वितरकले नेपालभर दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’को प्रदर्शन रोक्ने निर्णय गरेको छ । देशभर विरोध भएपछि वितरकहरूले पनि आदिपुरूषको प्रदर्शन देशभर नै रोक्ने निर्णय गरेको हो । यसअघि आजै बिहानबाट काठमाडौं र पोखरा महानगरमा ‘आदिपुरुष’सँगै सबै हिन्दी फिल्मको प्रदर्शनी रोकिएको छ ।