मकवानपुरगढीमा शनिबारबाट रनिङ शिल्ड फुटबल सुरु, १६ टिम सहभागी
असोज १२, हेटौंडा (मकवानपुर गढी) – मकवानपुरगढी गाउँपालिका स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगीता शनिबारबाट शुरु भएको छ । दशैँ, तिहार एबम छठ पर्वको उपलक्ष्यमा शनिबारबाट गढी स्टार स्पोर्ट्स ऐकेडेमीको आयोजनामा प्रतियोगिता शुरु भएको हो ।
उदघाटन कार्याक्रमको प्रमुख अतिथि समेत रहेका प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालले कार्यक्रमलाई सम्बोधन गर्नु हुदै चाडपर्वलाई लक्षित गरेर धेरै साथीभाइहरु गाउँघर आएको बेला खेल खेलाईंदा गतिशील, अनुशासित युवाको जमात निर्माण गर्नको निम्ति सार्थक हुने बताए ।
खेलले हामीलाई अनुशासित बनाउने, स्वस्थ्य राख्ने र बिकृति बिसंगतिबाट मुक्क्त राख्ने भएकोले उत्पादनमूलक कार्यमा लाग्न मद्दत गर्ने सांसद दाहालले बताए ।
त्यस्तै, मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईले खेल क्षेत्रको विकासको लागि केही वडामा खेल मैदान निर्माण भईरहेको र नभएको वडामा खेलमैदान निर्माण गरी गाउँपालिका स्तरको खेलकुद विकास समिति गठन गर्ने कार्य अगाडि बढाइएको जानकारी दिए ।
प्रतिनिधी सभाका सदस्य कृष्ण प्रसाद दहाल र गाउँपालीकाको अध्यक्ष विदुर हुमागाईले संयुक्त रुपमा बल खेलेर उदघाटन गरेको थिए । शनिबार भएको पहिलो दिन ४ ओटा खेल सम्पन्न गरेको छ ।
चार समुहमा विभाजन गरी खेलाईएको उदघाटन खेलमा समुह ए मा मकवानपुरगढी गाउँपालीका वडा नं.५ र उर्गेन छोलिङ् गुम्बाले १–१ को बराबरी खेलेको छ भने दोस्रो खेलमा समुह बि को पहिलो खेलमा को-को मेन्दो र सामारी टोल विकास समितीले पनी २–२ गोलको बराबरी खेलेको छ ।
त्यसै गरी, समुह सि को पहिलो खेलमा उद्यमशिल नेपाल र सनराईज युवा क्लबले १–१ को बराबरी खेलेको छ भने समुह डि को पहिलो खेलमा प्रतिभा युवा क्लबले जित हात पारेको छ, प्रतिभाले छार मेन्दो युवा क्लबलाई ६–३ ले पराजित गरेको हो ।
उपाधी बिजेताले नगद ३५ हजार, उप-विजेताले नगद २५ हजार प्राप्त गर्ने छन । तेस्रो हुनुले नगद १० हजार प्राप्त गर्ने गढी स्टार स्पोर्ट्स ऐकेडेमीका अध्यक्ष राजु दुलालले जानकारी दिए । प्रतियोगीतामा १६ टिम सहभागी खेलमा आज भने ६ खेलहरु हुदै छ ।