तेक्वान्दोको ४६ जना खेलाडीलाई ग्रेडिङ प्रदान
असोज ५, सर्लाही– प्रदेश नम्बर २ सर्लाही एम्बिशन एकेडेमीमा अध्ययनरत तेक्वान्दो खेलाडीको बिद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गर्दै ग्रेडिङ प्रदान गरिएको छ ।
तेक्वान्दोको सर्लाही प्रशिक्षक सिक्स डन भरत भन्डारी र बद्री सापकोटाले ४६ जना खेलाडीहरुलाई ग्रेडिङ प्रदान गरेको विद्यालयले जनाएको छ ।
पछिल्लो समयमा तेक्वान्दो खेललाई त्यति प्राथमिकता नदिइरहेको बेला विद्यालयबाट पुनः यो खेललाई जोगाउनको लागि र विद्यार्थीको आत्मा रक्षाका लागि विद्यालयले सुरुवात गर्दै उदाहरणीय काम गरेकोमा सहभागीहरुले धन्यबाद व्यक्त गरे ।
बिद्यालयले पछिल्लो समयमा खेलकुद, नृत्य, गीत, संगीत लगायतका अन्य अतिरिक्त क्रियाकलाप समेत विशेष प्राथमिकता साथ सिकाई रहेको बिद्यालयले जनाएको छ ।
ग्रेडिङ कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएको हरिवन नगरपालिका वडा नम्बर ११ को वडाअध्यक्ष शेष मेहवुब रेजाले खेलकुदको क्षेत्रमा आफ्नो कार्यकाल रहे सम्म खेलकुदलाई अगाडी बढाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
विद्यालयको सञ्चालक तथा प्रधानाध्यापक सुरेश पाख्रिनको सभाध्यक्षमा भएको कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष बुद्ध पाख्रिन, विनोद साह, तेक्वान्दोका वरिष्ठ प्रशिक्षक राजन केसी, खेल प्रशिक्षक पूर्ण रानामगर, सन्तोष भुजेल, निर्मला गुरुङ, राजन महत्तो, लगायतको अतिथि र अभिभावकहरुको उपस्थिति रहेको थियो थिए । कार्यक्रम विद्यालयको शिक्षक सुबोध मण्डलले सञ्चालन गरेका थिए ।