साफ च्याम्पियनसिपमा समुह चरणको अन्तिम खेल, आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै
असोज ५, काठमाण्डौ – संघिय राजधानीमा जारी साफ यू–१८ च्याम्पियनसिपमा नेपालले समूह चरणको अन्तिम खेलमा आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल हलचोक मैदानमा दिउँसो ३ बजेदेखि सुरु हुने बताएको छ ।
पहिलो खेलमा माल्दिभ्स सँग १–१ गोलको बराबरी गर्दै प्रतियोगिताको सुरुवाात गरेको डिफेन्डिङ च्याम्पियन नेपालले भुटान विरुद्ध सहज जितका साथ सेमिफाइनल पुग्ने लक्ष्य लिएको छ । तर, भुटान भने नेपालमाथि अप्रत्यासित नतिजा निकाल्दै नेपाललाई स्तब्ध बनाउने दाउमा छ ।
दोस्रो संस्करणको समूह चरणमा भुटानले नेपालमाथि १–० ले पराजित गरेकाले भुटानसँग सजग भएर खेल्नुपर्ने नेपाली टिमका प्रशिक्षक चेतनारायण श्रेष्ठ बताउछन् ।