काठमाण्डौमा आइपुग्यो, भिभिआइपी चढ्ने सरकारको हेलिकप्टर
असोज ३, काठामाण्डौ – नेपाल सरकारले उच्च पदस्थ व्यक्तिहरूको सवारीका लागि भनेर किनेको हेलिकप्टर काठमाडौं आएको छ । नेपाली सेनाले सञ्चालन गर्नेगरी खरिद गरिएको हेलिकप्टर आज काठमाडौं आइपुगेको हो ।
१ अर्ब ४० करोडमा इटालीबाट खरिद गरिएको हेलिकप्टर नेपाली सेनाको स्वामित्व र सञ्चालन हुने भएपनि यसको दर्ता र नियमन भने नागरिक उड्डयन प्राधिकरणले गर्ने छ ।
हेलिकप्टरको नेपाली दर्ता नम्बर ‘नाइएन-पिएमए’ हुने छ। नेपाली सेनाको कलरमा नहुने हेलिकप्टर नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएको छ ।