मनहरीमा गाउपालिका स्तरिय नकआउट फुटबल प्रतियोगिता, उदघाटन खेलमा आयोजक टिम बिजय

तामसालिङ खबर
२ आश्विन २०७६, बिहीबार २२:१५

असोज २, हेटौडा (मनहरी) – मकवानपुरको मनहरी गाउपालिकामा बुधबार देखि गाउँपालिका स्तरिय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ७ मा रहेको चुरियामाई युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा बुधबार गाउँपालिकाको अध्यक्ष एकराज उप्रेती उदघाटन गरे ।

मनहरीको रमौलीमा रहेको प्रस्तावित मदन भण्डारी रंगशालामा संचालित प्रतियोगिताको उदघाटन गर्दै अध्यक्ष उप्रेतीले खेलको माध्यमबाट समाजमा सकरात्मक सन्देश पुग्ने बताए । खेलकुदले प्रतिस्पर्धाको भवनामात्र नभएर भातृत्वको भवना पनि उत्पन्न हुने भन्दै अध्यक्ष उप्रेतीले खेलमा समाजका हरेक तह तप्कामा सकरात्मक सन्देशको प्रवाह हुने बताए ।

गाउँपालिकाले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि बजेट समेत छुट्याएको सुनाउदै उनले खेलकुद क्षेत्रको विकासका लागि सधै सहयोगको लागि तत्पर रहेको बताए । कार्यक्रममा ७ नम्बर वडा अध्यक्ष ठाकुर तितुङ, पर्सा राट्रिय निकुञ्ज मध्यवर्ति ब्यवास्थापन समिमि मनहरीका अध्यक्ष पदम तितुङ, सामुदायिक वन उपभोक्त महासंघ मनहरीका अध्यक्ष हेमलाल उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

बुधबार भएको उदघाटन खेलमा आयोजक टिम चुरियामाई ‘ए’ ले विजय सुरुवात गरेको छ । आयोजक ‘ए’ र मनहरी ६ मा रहेको सयपत्री युवा क्लब विच भएको खेलमा आयोजक ‘ए’ ले सयपत्री युवा क्ललाई ३-० गोल अन्तरले पराजित गरेको थियो । आयोजक टिम ‘ए’ को तर्फबाट नविन ख्डका, समिर अर्याल र भुवन मुक्तानले एक-एक गोल गरेका थिए । आफनो उत्कृष्ट खेल प्रस्तुत गर्दै टिमलाई पहिलो जित दिलाउन सफल रविन खड्का पहिलो खेलको म्यान अफ द म्याच हुन सफल भए ।

प्रतियोगिताको विजेता टिमले नगद ५५ हाजार ५ सय ५५, दोस्रो टिमले ३० हजार ३ सय ३३ तथा मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा क्लबका अध्यक्ष श्रीकृष्ण राउतको सभाध्यक्षतामा भएको थियो । प्रतियोगितमा २४ टिम सहभागी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*