असोज १० गते देखि नयाँ नोट वितरण गर्ने
असोज १, हेटौडा – दशैँ र तिहारलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले यही असोज १० गते देखि नयाँ नोट वितरण गर्ने भएको छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले भने असोज पहिलो साता देखि नै नयाँ नोट पाउने छन् । तर, तिनै संस्थाबाट सर्वसाधरणल १० असोज देखि नयाँ नोट साट्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।