नापोली सँग लिभरपुल २-० ले पराजित

तामसालिङ खबर
१ आश्विन २०७६, बुधबार ०८:४६

असोज १, एजेन्सी – युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत साबिक विजेता इंग्लिस क्लब लिभरपुल पहिलो खेलमै पराजित भएको छ । मंगलबार राति भएको समूह चरणको पहिलो खेलमा लिभरपुल इटालियन नापोलीसँग २-० गोल अन्तरले पराजित भएको हो ।

नापोलीलाई जित दिलाउनको लागि ड्राइस मार्टिन्स र फर्नान्डो लोरेन्टे समान एक-एक गाले गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा अन्तिम १० मिनेटमा घरेलु टोलीले नापोलीले २ गोल गर्यो । खेलको ८२ औं मिनेटमा मार्टिन्सले पेनाल्टीबाट गोल गर्दै १-० को अग्रता बनाए ।

बक्समा लिभरपुलका डिफेन्डरले नापोलीका खेलाडीमाथि फउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । त्यसको १० मिनेटपछि अर्थात् थप समयको दोस्रो मिनेटमा लोरेन्टेले गोल गरेपछि नापोलीले २-० गोल अन्तरले खेल जित्यो । यो जितसँगै नापाली ३ अंक जोडेर आफ्नो समूहको दोस्रो स्थानमा छ भने समान अंक भएको रेड बुल शीर्ष स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*