यी प्रतिभा हुन्, भ्वाईस अफ नेपालले गुमाएका थिए, भाग १ (भिडियो)
भदौ ३१, हेटौडा – चर्चित गायन प्रतियोगिता ‘भ्वाईस अफ नेपाल’ को सिजन २ मा अहिले ब्लाईन्ड अडिसन राउण्ड चलिरहेको छ । यो अडिसनको आठौँ भाग प्रसारण भईसक्दा १२ जना प्रतिभाहरुको ब्याटलमा भिड्ने सपना यस सिजनका लागि सकिएको छ । भ्वाईस अफ नेपालले गुमाएका यी प्रतिभाहरुमध्ये यस सिरिजको पहिलो भागमा ४ जना प्रतिभाहरुको चर्चा गरिएको छ ।
पदम मगर, संखुवासभा – भ्वाईस अफ नेपालमा ब्लाईन्ड अडिसनबाट बाहिरिएका पहिलो प्रतिभा हुन् संखुवासभा निवासी पदम मगर । वर्कशप सञ्चालन समेत गरेका पदम सानैदेखि सँगीतमा रुचि राख्थे । एसएलसी कटाएपछि सँगीत पढ्न गन्धर्व संगीत विद्यालय असनमा ३ वर्ष संगीत सिकेका उनले एसएलसी दिने क्रममा ट्युसन सेन्टरमा भेट भएकी आफ्नी जीवनसाथी भेट्टाएका थिए । वर्कशपमा काम गर्दै गर्दा एसएलसी दिएपछि संगीत पढ्न पाईन्छ भन्ने सुनेका उनले एसएलसी दिन ट्युसन पढेका थिए । ब्लाईन्ड अडिसनमा उनले मन थिएन जोगी बन्नलाई बोलको गीत गाएका थिए ।
बबिना भट्टराई, विराटनगर, मोरङ हाल काठामाडौँ– सँगीत सिक्दै गर्दा लभ म्यारिज गरेकी बबिना सँगीत क्षेत्रमा आफ्नो श्रीमानले आफुलाई गरेको सहयोगको कदर गर्छिन् । विराटनगर घर भई हाल काठमाडौँ बस्दै आएकी २९ वर्षीया बबिनाले ब्लाईण्ड अडिसनमा ‘नाई नभन्नु ल’ को शिर्ष गीत गाएकी थिईन् । उनी दोस्रो राउण्डका लागि छनौट हुन सकिनन् ।
जमुना न्यौपाने, पाल्पा– पाल्पाको तानसेन निवासी जमुनालाई साथी र परिवारले राम्रो गीत गाउने प्रतिभाका रुपमा चिन्छन् । उनी परिवार र साथीहरुकै हौसलाबाट भ्वाईस अफ नेपालमा सहभागी हुन आएकी हुन् । १८ वर्षीया जमुनाले बनेको छ पाहाराले बोलको गीत गाएकी थिईन् । उनको दोस्रो राउण्डमा पुग्ने ईच्छा यस पटकको लागि भने अधुरो रह्यो ।
शान्ति सदा, सिराहा, – आमा र बुवाबाट गाउन प्रेरणा पाएकी शान्ति २९ वर्षीय शान्ति आफ्नो आवाजलाई आफ्नी आमाको जस्तो भएको बताउँछिन् । मुसहर बस्तीमा कसैले पढ्न नपाए पनि उनले कक्षा ९ सम्म पढ्ने मौका पाएकी थिईन् । रोगले सिकिस्त भएकी आमाले मर्नुभन्दा अघि आफ्नो विवाह भएको हेर्ने चाहाना गरेपछि उनी विवाह गर्न बाध्य भईन् । आमाको हेरचाहा गर्ने गरेकी उनी जब विवाह गरेर आईन् तब आमाको स्वास्थ्य झन् बिग्रियो र आमा एक वर्षपछि नै बितिन् । बुहरीलाई घुम्टोभित्रै बस्नुपर्ने समाजमा हुर्किएकी उनले श्रीमानको प्रेमका कारण त्यस्तो बाध्यतामा बस्नु परेन । सासुले पनि उनलाई पढ्न थप हौसला दिईन् ।
घुम्टोमा बस्नुपर्ने बुहारीलाई स्कर्ट लगाएर बोर्डिङ पठाएको भन्दै उनकी सासुले छरछिमेकबाट निकै नै किचलो सहिन् । ब्लाईन्ड अडिसनमा मैथली गीत गाएकी उनले कुनै कोचलाई फर्काउन नसकेपनि सबैको मन जित्न सफल भईन् । उनको श्रीमानको प्रेम र सासुको ममतालाई आम नेपाली दर्शकले रुचाए । आदरणीय दर्शकबिन्द, भ्वाईस अफ नेपालको दोस्रो सिजनमा ब्लाईन्ड अडिसनबाट बाहिरिएका यी प्रतिभाहरुबारे तपाई के भन्न चाहानुहुन्छ ? कृपया कमेन्ट गर्नुहोस् । हेरौँ भिडियो–