‘रग्वी वर्ल्डकप’को लागि नेपाली टोलि जापान प्रस्थान
भदौ ३१, काठमाण्डौ – वल्ड रग्वीको निमन्त्रणामा ‘रग्वी वर्ल्डकप’को लागि नेपाली टोलि जापान प्रस्थान गरेको छ ।
सेप्टेम्वर २० देखी जापानमा सुरु हुन लागेको रग्वी वर्ल्डकप अन्तर्गत एसिया रग्वीको व्यवस्थापनमा इम्प्याक्ट वियोण्ड प्रोजेक्टमा नेपालको प्रतिनिधित्व गर्दै रग्वी संघका सचिव गोविन्द घिमिरेको नेतृत्वमा U-18 महिला क्याप्टेन मुस्कान आले मगर र U-18 पुरुष अविषेक वि.के. मंगलवार जापान गएको छ ।
प्रतियोगितामा एसियावाट फ्युचर प्लेयरको रुपमा आफ्नो देशको प्रतिनिधित्व गर्दै खेलाडीहरु सहभागी जनाउने सघको सचिब घिमिरेले बताउनु भयो ।
भविष्यमा रग्वी खेललाई विकास र विस्तारको सहयोग पुग्ने उद्धेश्यले विश्व रग्वीले निमन्त्रणा गराएको उहाले जानकारी गराउनु भयो । खेलाडीहरुलाई संघका अध्यक्ष टंकलाल घिसिङ, महासचिव चेतनराज गिरिले नेपाल रग्वी संघको कार्यालयवाट विदाई गरेका छन् ।