दीक्षा लामा बनिन्, ‘मिस कलिउड’को विजेता
भदौ २९, हेटौडा – मकवानपुरको हेटौडामा शुक्रबार राती भएको मिस कलिउडको ग्राण्ड फिनालेमा दीक्षा लामा विजेता बनिन् । उनले १८ जना प्रतिस्पर्धिलाई पछि पार्दै विजेताको ताज जितिन् । बिजेता लामाले ताज संगै १ लाख नगद समेत प्राप्त गरिन ।
कलिउड सुपर डान्स एण्ड फिटनेस प्रालिले आयोजना गरेको “मिस कलिउड”को फस्ट रनरअफको ताज श्रृष्टि बज्रचार्यले हात पारिन् । उनले ताज संगै नगद ५० हजार पनि प्राप्त गरेकी छिन् । त्यस्तै मिस कलिउडको सेकेन्ड रनरफ प्रजक्ता राजबहाकले हात पारिन । ताज संगै उनले २५ हजार नगद पनि प्राप्त गरेकी थिइन् ।
४५ दिने प्रशिक्षण पश्चात शुक्रबार भएको ग्राण्ड फिनालेमा प्रमुख अतिथि संविधान सभा सदस्य अनन्त प्रसाद पौडेलले बिजेताहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो ।
१८ जना प्रतिस्पर्धी मध्येबाट पहिलो चरणमा टप १२ र दोस्रो चरणमा टप ५ गरि निर्णायक मण्डलले आफ्नो भूमिका निभाएका थिए । प्रतिस्पर्धामा टप ५ भित्र खुशी काफ्ले, दीक्षा लामा, श्रृष्टि बज्रचार्य, प्रजक्ता राजबहाक र सुजिना श्रेष्ठ पुगेका थिए ।