शिक्षकको जिल्लान्तर सरुवा रोक्का
भदौ २९, हेटौंडा – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको जिल्लान्तर सरुवा रोक्का गरेको छ ।
शिक्षक सेवा आयोगबाट खुला परीक्षामा उत्तीर्ण उम्मेदवारहरुलाई स्थायी नियुक्ति तथा पदास्थापनाका लागि सिफारिस भई आएका र आउने क्रम जारी रहेको भन्दै केन्द्रले पदस्थापना प्रक्रिया नसकिञ्जेल जिल्लान्तर सरुवा नगर्न निर्देशन दिएको हो ।
अर्को सूचना नआएसम्मका लागि जिल्लान्तर सरुवा नगर्न सरकारले भाद्रा २३ गते ७७ जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाईहरुलाई परिपत्र गरेको छ ।
आयोगबाट सिफारिस भएर आएका उम्मेदवारहरुको अन्तिम अभिलेख तयार पार्ने काम भइरहेको भन्दै अर्को सूचना नआएसम्मका लागि जिल्लान्तर सरुवा नगर्न केन्द्रले निर्देशन जारी गरेको हो ।