सामाजिक सूरक्षा भत्ता बढ्याे, कसकाे कति पुग्याे ? हेर्नुहोस
भदौ २७, काठमाडाैं – आर्थिक बर्ष २०७६/०७७ देखि सामाजिक सूरक्षा भत्तामा वृद्धि भएकाे छ । गृह मन्त्रालय अन्तर्गतकाे राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले बिहिबार सूचना जारी गर्दै सामाजिक सूरक्षा भत्तामा वृद्धि भएकाे जानकारी दिएकाे हाे ।
आर्थिक वर्ष २०७६/०७७ मा सामाजिक सूरक्षा भत्ता सम्बन्धमा अर्थ मन्त्रालयकाे मिति २०७६/०५/१२ र २०७६/०५/२४ काे पत्रअनुसार सामाजिक सूरक्षा भत्ताकाे नयाँ दर कायम गरेकाे विभागले जनाएकाे छ ।
भत्ता बढेसँगै जेष्ठ नागरिक र एकल र विधवा महिलाकाे मासिक २ हजार, पूर्ण अपाङ्गता भएका र लाेपाेन्मुख आदिवासी जनजातिकाे मासिक ३ हजार पुगेकाे छ । त्यस्तै ७० वर्ष पूरा भएका जेष्ठ नागरिकले मासिक १ हजार उपचार खर्च पाउने भएका छन् । हेर्नुहोस सूचना –