गल्तीले खातामा १ करोड ३८ लाख आयो, सबै खर्च
एजेन्सी – अमेरिकाको पेन्सिलभानियामा एक जोडीको बैंक खातामा गल्तीले १ करोड ३८ लाख रुपैयाँ आयो । बैंकको गल्तीले खातामा १ लाख २० हजार डलर झण्डै १ करोड ३८ लाख नेपाली रुपैयाँ जम्मा भयो । पुसिलका अनुसार जोडीले सूचना नदिएर सबै पैसा खर्च गरेर सकिदिएको छ ।
प्रहरीले उनीहरु विरुद्धमा अदालतमा मुद्दा चलायो । रोवर्ट र टिफिनी विलियम्सले आफूले आफ्नो खाताको रकम खर्च गरेको तर्क गरे । उनीहरुले दुईवटा महंगा कार, एउटा महंगो कार ट्रेलरलगायतका सामाग्री किनेका थिए ।
बैंकले अरु कसैको खातामा रकम राखिदिनु पर्नेमा उक्त जोडीको खातामा गल्तीले रकम राखेको थियो । पैसा पाउनु पर्ने व्यक्तिले पैसा नपाएको भन्दै बैंकमा सम्पर्क गरेपछि गल्ती सार्वजनिक भयो ।
टिफिनी विलियम्सले १५ हजार डलर आफ्नो साथीलाई अत्यावश्यक कामका लागि दिएको बताए । दुबैजनालाई आफ्नो पैसा नभएको जानकारी भएरै रकम खर्च गरेको आरोप लागेको छ ।