विश्वकप छनोटको दोस्रो खेलमा नेपालको जित
भदौ २४, काठमाडौं – सन् २०२२ कतारमा आयोजना हुने विश्वकप छनोट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले जितेको छ । मंगलबार भएको खेलमा नेपालले चाईनिज ताइपेलाई २-० गोल अन्तरले हराउदै नेपालले जित निकालेको हो ।
ताइपे स्टेडियममा भएको खेलमा नेपाललाई जित दिलाउन अन्जन बिष्ट नायक बने । दुवै गोल अन्जनले गरेका थिए । खेलको तेस्रो मिनेटमा अन्जनले हेड गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको दोस्रो हाफको ६३ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २-० को जित दिलाए ।
जितसँगै समूह ‘बी’ को नेपालले २ खेलबाट ३ अंक जोडेको छ । ताइपेको यो लगातार दोस्रो हार हो ।