नेपाल ‘नादेझ्दा कप’ फुटबलको फाइनलमा प्रबेश

तामसालिङ खबर
२४ भाद्र २०७६, मंगलवार १७:१८

भदौ २४, काठमाडौं – किर्गीस्तानमा जारी ‘नादेझ्दा कप’ फुटबल प्रतियोगिताको फाइनलमा नेपाल प्रवेश गरेको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा ताजिकिस्तानलाई १-० ले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।

काराकोलको सेन्ट्रल स्टेडियममा नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले निर्णायक गोल गरिन् । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सावित्राले निर्णायक गोल गरेकी हुन् ।

सावित्राले खेलको ८५ औं मिनेटमा गोल गरेकी हुन् । गिता रानाले प्रहार गरेको फ्रिकिकमा सावित्राले हेड गोल गरेकी थिइन् । प्रतियोगितामा सावित्राको यो पाँचौं गोल हो । ताजिकिस्तानविरुद्ध पहिलो हाफमा नेपालले एक गोल गरेपनि गोलको मान्यता पाएको थिएन् ।

पहिलो हाफको इन्जुरी समयमा मन्जली कुमारी योन्जनले गोल गरेपनि रेफ्रीले अफसाइडको इशारा गर्दा नेपाल अग्रता बनाउन चुकेको थियो । दोस्रो हाफमा भने प्रशिक्षक हरि खड्काले तीन फरवार्डलाई मैदान उतारेका थिए ।

जितसँगै नेपालले ३ खेलमा ६ अंक जोडेको छ । र, नेपाल शीर्ष दुईमा रहदै फाइनल पुगेको छ । नेपालले पहिलो खेलमा आयोजक किर्गीस्तानलाई ८–२ गोल अन्तरले पराजित गरेको थियो । अब नेपालले बिहिबार हुने फाइनलमा उज्वेकिस्तानसँग खेल्नेछ । उज्वेकिस्तान यसअघि नै फाइनल पुगिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*