बहुपतिक्षित पेट्रोलियम पाइपलाइनको स्वीच थिचेर प्रधानमन्त्री ओली र मोदीले गरे उदघाटन

तामसालिङ खबर
२४ भाद्र २०७६, मंगलवार १३:५३

भदौ २४, काठमाडौँ – बहुप्रतिक्षित दक्षिण एसियाको पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको उदघाटन भएको छ । नेपालको प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा नेपाल-भारत पेट्रोलियम पाइपलाइनको उदघाटन गरेका छन् ।

लामो समयदेखि चर्चामा रहेको नेपाल भारत पेट्रोलियम पाइपलाइनको आज नेपालका प्रधानमन्त्री केपी ओली सिंहदरबारबाट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीबाट रिमोटको बटन एकै समयमा थिचेर पाइपलाइन उदघाटन गरेका हुन् ।

पेट्रोलियम पाइप-लाइनको उदघाटनपछि बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पाइप लाइन सञ्चालनमा आउनु नेपालका लागि उपलब्धिमूलक भएको बताए । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म निर्माण भएको पेट्रोलियम पाइपलाइनको दुरी ६९.५ किलोमिटर लम्बाइ रहेको छ ।

नेपालमा डिजलको माग धेरै भएकोले यो पाइपलाइनबाट सुरुमा डिजलमात्रै आउनेछ । पाइपलाइनबाट प्रतिघण्टा २ सय किलोलिटर अर्थात २ लाख लिटर र २४ घण्टामा ४८ लाख लिटल डिजल आउने नेपाल आयल निगमका डिपो प्रमुख प्रमुख प्रदिप यादवले जानकारी दिए । अब ढुवानीमा बार्षिक ७० देखि ८० करोड रुपैयाँ बचत हुने नेपाल आलय निगमले जनाएको छ ।

उदघाटन गर्दै गरेको भिडियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*