नेपाल-चीनबीच तीन समझदारी पत्रमा हस्ताक्षर
भदौ २४, काठमाडौं – सोमबार होटल याक एन्ड यतिमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको उपस्थितिमा तीन सम्झौता हस्ताक्षर भएको हो ।
गत बैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा गएका बेला चीनले सहयोगमा लागि घोषणा गरेको १७ अर्ब रुपैयामध्येबाट अहिले तीन समझदारी पत्रमा हस्ताक्षर भएको हो । जसमा मनाङमा ३५ करोड ६० लाख रुपैयाँको लागतमा अस्पताल बन्ने भएको छ ।
त्यस्तै चीन सरकारले घोषणा गरेको सो रकममध्येबाटै सोमबार नै भएको दोस्रो समझदारी आपतकालीन सेवाका लागि करिब १ करोड ७० लाख रुपैया बराबरका ५ हजार टेन्ट उपलब्ध गराउने सहमति रहेको छ । तेस्रोमा बाढी पीडितका लागि १ करोड ६० लाख रुपैया सहयोग गर्ने समझदारी भएको छ ।