हेटौडामा चलचित्र ‘लिटिल स्टार’ को निर्माण शुभारम्भ
भदौ २२, हेटौँडा – हेटौडामा चलचित्र “लिटिल स्टार”को निर्माण शुभारम्भ भएको छ । एजे टिम हेटौँडाको ब्यानरमा निर्माण हुने नेपाली चलचित्र “लिटिल स्टार”को आज हेटौँडामा पत्रकार सम्मेलन मार्फत निर्माण शुभारम्भ गरिएको छ ।
हेटौँडामा भएको पत्रकार सम्मेलनका बिच नेपाल चलचित्र विकास वोर्डका सदस्य नरेन्द्र महर्जनको प्रमुख आतिथ्यतामा चलचित्रको शुभारम्भ गरेका हुन् । अजय वाईवाको निर्देशनमा बन्ने चलचित्र मकवानपुरको लागि ऐतिहाँसिक चलचित्र हुने शुभारम्भको क्रममा महर्जनले बताए ।
मकवानपुरकै कलाकार, मकवानपुरमै छायाङ्कन्, मकवानपुरमै सम्पादन हुने पहिलो चलचित्र भएको भन्दै उनले २०७२ सालको विनासकारी भुकम्पपछि परिवार गुमाएका वालवालिकाहरुमा परेको प्रभावको विषयमा बन्न लागेको बताउनु भयो ।
चलचित्रको बारेमा जानकारी दिँदै निर्देशक वाइबाले भुकम्प पछि आफ्नो अभिभावक गुमाएका वालवालिकालाई परेको समस्या, बालवालिका बेचविखनको अवस्थाका र शिक्षावाट के कारणले वालवालिका बञ्चित हुनुपरेको छ भन्ने विषयलाई उठान गरेको बताए ।
चलचित्र ३५ लाख रुपैँयामा निर्माण हुने चलचित्रलाई मकवानपुरको सुन्दर क्षेत्रहरु बकैया गाउँपालिका, हेटौँडा उपमहानगरपालिका लगायतको स्थानमा छायाङ्कन गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
चलचित्रमा आयुष घलान, सुशिल वाईवा, राजेन्द्र बलामी, बिरेन्द्र लामा, अमित भट्टराई, सञ्जय मण्डल, कमला भोम्जन लगायतको कलाकारको अभिनय रहेको छ । चलचित्रमा सन्तोष थोकरको द्वन्द निर्देशन रहेको छ । चलचित्रलाई तिहार पछि देशभर रिलिज गर्ने निर्देशक वाईवाले बताउनु भयो ।