बाजुरामा स्याउ १ रुपैयाँमा ३ दाना

तामसालिङ खबर
२२ भाद्र २०७६, आईतवार १२:३७

भदौ २२, बाजुरा – बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर ३ जुकोटका महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ छन् । उनले स्याउ खेती गर्न थालेको १५ वर्ष भयो । बारीमा लटरम्म स्याउ फल्छ । बजार भाउ नपाउँदा स्याउ खेर गइरहेको छ ।

उनले एक रुपैयाँमा तीन दाना दिने गरेका छन् । गाउँपालिकाले भने किलोको १५ रुपैयाँ निर्धारण गरेको छ । उनले भने, ‘बारीमा आएर किलोमा कोही किन्दैनन् । दानाकै हिसाबले बेच्छु।’

लाखौं मूल्यको स्याउ खेर जाने उनले बताए । उनले भने, ‘किन्न कोही आउँदैन। बजार निकै टाढा छ । भरियालाई बोकाएर पुर्‍याउन सकिँदैन । स्याउ बस्तुभाउलाई कुँडो बनाएर खुवाउनुपरेको छ ।’

गाउँपलिकाबाट भारी बोकेर कोल्टी बजारसम्म पुग्न दुई दिन लाग्छ । कोल्ड स्टोर निर्माण र स्याउका अन्य परिकारबारे तालिम पाए केही सहज हुने अर्का किसान अनिल शाही बताउँछन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*