एसीसी यु- १९ को पहिलो खेल श्रीलंकासँग नेपाल भिड्ने

तामसालिङ खबर
५ भाद्र २०७६, बिहीबार ०९:२७

भदौ ५, हेटौडा – श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले टेस्ट मान्यता प्राप्त श्रीलंकासँग पहिलो खेल खेल्ने भएको छ ।

सेप्टेम्बर ५ देखि १४ तारिखसम्म श्रीलंकामा हुने यस प्रतियोगिताको सेमिफाइनल सम्मको यात्रा गर्नको लागि टेस्ट मान्यता प्राप्त देश आयोजक श्रीलंका र बंगलादेश र युएईको सामना गर्दै जित सहित सेमिफाइनलको यात्रा तय गर्ने क्रममा छन् ।

अघिल्लो संस्करणमा दिपेन्द्र एइरीको कप्तानीमा भारत माथी सनसनीपुर्ण जित हासिल गर्दै पहिलो पटक सेमिफाइनल पुगेको नेपाल यसपटक पनि सोही योजनामा रहेको छ । प्रतियोगितामा नेपालको समुहमा श्रीलंका, बङ्लादेश र युएई रहेका छ्न भने अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुबेत रहेका छ्न । समूह चरणबाट प्रत्येक टिमले एक अर्कासँग १/१ खेल खेलिसकेपछी समुहको विजेता र उप–विजेता टिमले सेमिफाइनलको यात्रा तय गर्नेछ्न ।

नेपालले सेप्टेम्बर ६ तारिखमा पहिलो खेल आयोजक टिम श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ भने दोस्रो खेल सेप्टेम्बर ८ तारिखमा बङलादेशसँग र समूहको अन्तिम खेलसेप्टेम्बर १० तारिखमा युएईको सामाना गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*