३१ प्रतिशतले वृद्धि भो, शिवम् सिमेन्टको नाफा

तामसालिङ खबर
३१ श्रावण २०७६, शुक्रबार १२:५६

साउन ३१, हेटौंडा – मकवानपुरको हटियामा रहेको शिवम् सिमेन्ट उद्योगको नाफामा वृद्धि भएको छ । आर्थिक वर्ष २०७४/७५ को तुलनामा ०७५ / ७६ मा उद्योगको नाफा ३१ दशमलव ४८ प्रतिशतले वृद्धि भएको जनाइएको छ ।

उद्योगले बितेको आर्थिक वर्षको अन्तिम चौमासिक वित्तीय विरण सार्वजनिक गर्दै १ अर्ब ५० करोड ३२ लाख ४३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । आर्थिक बर्ष २०७४/७५ मा भने उद्योगले १ अर्ब १४ करोड ३२ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको बताइएको छ । बितेको आर्थिक वर्षमा उद्योगले ११ अर्ब ३४ करोड ५१ लख १४ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको उल्लेख गरेको छ ।

बितेको वर्ष कम्पनीको बिक्री लागत पनि बढेको बताइएको छ । उद्योगको गत आबमा ७ अर्ब २७ करोड ७५ लाख ३० हजार रुपैयाँ बिक्री लागत रहेको छ । आर्थिक बर्ष ०७४/७५ मा सो रकम ६ अर्ब ८१ करोड ७३ लाख १४ हजार रुपैयाँ मात्र थियो ।

उद्योगको ९३ करोड ९७ लाख ५९ हजार रुपैयाँ सेयर प्रिमियम रहेको छ । उसको सेयर पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ३४ रुपैयाँ १६ पैसा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*